News

पुर्वि नेपालमा भुकम्पको धक्का, प्रदेश १ हल्लायो

पुर्वि नेपालमा भुकम्पको धक्का, प्रदेश १ हल्लायो

आईतवारी राती १० वजेर १८ मिनेट जाँदा नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

प्रदेश १ का पहाडी तथा तराईका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्का खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङसहितका जिल्लामा पनि महसुस भएको छ।

यूरोपीय–भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यो भूकम्पलाई ४.४ म्याग्निच्यूडको भनेको छ। यो भूकम्प भारतको दार्जीलिङबाट ९० किलोमिटर उत्तर पश्चिम नेपालतर्फ केन्द्रबिन्दु बनाएर पृथ्वीको १० किलोमिट भित्री सतहमा गएको उक्त केन्द्रले जनाएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने यो भुकम्प राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँलाई गएको र ५.३ म्याग्नेच्युडको भएको जनाएको छ।

यो पराकम्पन नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । 
 

विशेष