News

बाध्यताले लोकतन्त्रवादी भएका रविको यस्तो छ विगत, राप्रपा नै हो अन्तिम विन्दु ?

बाध्यताले लोकतन्त्रवादी भएका रविको यस्तो छ विगत, राप्रपा नै हो अन्तिम विन्दु ?

टेलिभिजनमा छँदा खरो शैली र नेताहरूलाई गाली गर्ने आक्रामक प्रस्तुतिका कारण लोकप्रिय बनेका पूर्वसञ्चारकर्मी रवि लामिछाने यतिवेला चितवनका गल्ली–गल्ली दौडिरहेका छन्। राजनीतिलाई हलुका ढंगले वुझेर चुनावी मैदानमा उत्रिएका उनी ‘गर या मर’को अवस्थामा छन्।

चितवन क्षेत्र नं. २ मा लगातार दुई पटक चुनाव जितिसकेका एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल तथा चुनाव जित्न आवश्यक पर्दा राज्यश्रोतको समेत प्रयोग गर्न सक्ने सत्ता गठवन्धनका उम्मेदवार उमेश श्रेष्ठसँग उनको प्रतिस्पर्धा छ।

देशको प्रधानमन्त्री नै वन्ने आकांक्षा पालेर राजनीतिमा होमिएका रविको अवस्था भने सन्तोषजनक नदेखिएको स्थानीयवासीहरु बताउँछन्। कांग्रेसका नेता/कार्यकर्ता त उनले वढिमा ५/६ हजार भोट ल्याउने वताईरहेका छन् । टेलिभिजनमा पाएको चर्चाका कारण सेल्फि खिचाउन आउनेहरुको भिड हेरेर चुनाव जित्ने सपना देख्नु नै रविको ठुलो कमजोरी भएको उनीहरुको भनाई छ।

रविले चितवनमा यस पटक चुनाव हारे उनको पनि अवस्था रविन्द्र मिश्रकै जस्तो हुने कतिपयको टिप्पणी छ। वैकल्पिक शक्ति निर्माण गर्छु भन्दै पार्टी खोलेका मिश्र राप्रपामा प्रवेश गरे झै अन्त्यमा रवि पनि राप्रपामै पुग्ने उनको वारेमा जाने/वुझेकाहरु वताउँछन् ।

बाध्यताले लोकतन्त्र मानेका रवि भित्री रुपमा राजतन्त्रको पक्षपोशक रहेको उनीहरुको दावी छ। श्रोतका अनुसार पञ्चायतकालमा रविका बुबा उपप्रधानपञ्च थिए। पाँच दाजुभाइ र दिदीबहिनीमध्ये कान्छा रविको विगत पनि राजाप्रति नै झुकाव भएको पाईन्छ। 

रवि सन् ००२ मा भिजिट भिसामा अमेरिका पुगेका थिए। उनले भिजिट भिसालाई स्टुडेन्ट भिसामा बदल्न खोजेँ तर नमिलेपछि नेपाल फर्किए। फेरि भिजिट भिसामै अमेरिका गएका उनी बाल्टिमोर सहरमा वस्थे।

त्यहाँ उनले भारतीय मूलका व्यापारी कमल सन्धुको स्यान्डविच बेच्ने ‘सबवे’ ब्रान्डको ‘फास्टफुड रेस्टुरेन्ट’ मा काम गरे। यसै क्रममा उनले ग्रिन कार्ड पनि पाए। रेस्टुरेन्टसँगै उनी नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा उदघोषकको काम पनि गर्थे।

नेपालबाट जाने कलाकारहरूको कार्यक्रममा पनि सहभागी हुन्थे। त्यो बेला नेपालमा माओवादी द्वन्द्व जारी थियो। सात दल आन्दोलनमा थिए। शासनको बागडोर राजाले कब्जा गरेका थिए। राजनीतिको कुरा हुँदा उनी राजावादी कित्तामा हुन्थे।

बाल्टिमोरमा हुने नेपाली समुदायका चुनावदेखि अरू विषयमा उनी कहिल्यै लोकतन्त्र पक्षधरहरूसँग नरहेको त्यहाँ रहेका नेपालीहरु वताउँछन् । उनको बोली र व्यवहार त राजावादी थियो नै उनको संगत पनि मण्डलेहरूसँगै हुने गरेको त्यहाँका नेपालीहरु बताउँछन्।

रवि भने यो कुरा स्विकार गर्दैनन् । त्यो वेला आफ्नो कुनै राजनीतिक मत नभएको उनले बताउँने गरेका छन् ।

चितवन ३ मा चुनाव लडन भनेर गएका लामिछानेले एकाएक क्षेत्र नं. २ मा उम्मेदवारी दिनु, राप्रपाका उपाध्यक्ष तथा क्षेत्र नं. ३ का उम्मेदवार विक्रम पाण्डेसँग २ करोड लिएको सुचना चुहिनु, क्षेत्र नं. २ मा राप्रपा र क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले एक अर्कालाई सहयोग गर्ने सहमति हुन र यो सवैको सम्योजन रविका ससुरा एवम् राप्रपाको कोटाबाट समानुपातिक उम्मेदवार रहेका उद्धव पौडेलले गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

रवि लामिछाने

विशेष