News

को हुन विरोध खतिवडालाई झापड हान्ने पुरुषोत्तम ?

को हुन विरोध खतिवडालाई झापड हान्ने पुरुषोत्तम ?

नेकपा एकिकृत समाजवादीका नेता तथा मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार विरोध खतिवडाले कुटाई खाएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले खतिवडालाई झापड हानेको जनाईएको छ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका खतिवडा चुनाव प्रचारकै क्रममा रहेका वेला हेटौडामा उत्रनासाथ खड्काले कुटपिट गरेको जनाईएको छ। 

कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मकवानपुर २ मा खतिवडाको प्रतिस्पर्धा नेकपा एमालेका युवा नेता महेश बर्तौलासँग हुँदैछ। खतिवडाले पछिल्लो समय एमालेको चर्को आलोचना गर्दै उत्तेजक भाषण दिइरहेका थिए।

तर खड्काले खतिवडामाथि कुटपिट गर्नुको कारण भने राजनीतिक नभएर पुरानो रिसइबी रहेको अनुमान गरिएको छ।

विशेष