News

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप आज पौने १२ बजे कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको छ। अक्कलको घटनास्थलमै तथा रमेश र सुदर्शनको उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल र पहिचान नखुलेका अर्का एक जना घाईते भएका  छन्।

उनीहरुको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए । जिप दुर्घटनाको कारण खुलेको छैन।
 

विशेष