News

विरोध खतिवडाका गाला पड्काउने माओवादी कार्यकर्ता भएको खुलासा 

विरोध खतिवडाका गाला पड्काउने माओवादी कार्यकर्ता भएको खुलासा 

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् ।


पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताएका छन् । 

उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए । 


उम्मेदवारमाथि अभद्र व्यवहार भो भन्ने थाहा पाएपछि खड्कालाई पक्राउ गरिएको उनले बताए । खड्का माओवादी केन्द्रका कार्यकर्ता रहेको बताइएको छ ।

विशेष