News

भ्रष्टाचार विरुद्धको प्रतिवद्धतामा किन गर्न मानेन इश्वर पोखरेलले हस्ताक्षर ?

भ्रष्टाचार विरुद्धको प्रतिवद्धतामा किन गर्न मानेन इश्वर पोखरेलले हस्ताक्षर ?

पटक–पटकका आन्दोलनका कारण मुलुकमा राजनैतिक परिवर्तन आएपनि देश र  जनताले महसुस गर्न सक्ने गरी कुनै परिवर्तन देखिएको छैन। जनताका गाँस, वास र कपासका समस्या ज्यूँका त्यू छन्। वरु, चप्पल पड्काउँदै काठमाण्डौ छिरेका नेताहरु रातारात अरवौंपति भएको आरोप लागिरहेको छ।

नेताहरुको जिवनस्तर यसरी फेरीएको छ की, अहिलेसम्मको जनताको वलिदानी खाली उनीहरुलाई उकास्नका लागि मात्रै भएका हुन की ? करोडका पलङ, लाखका ज्याकेट, हजारौं रुपैयाँ पर्ने पानीका वोतल, टाउको देखेको उपचारका लागि विदेशी अस्पताल जस्ता कुरा अव जनताले सामान्य रुपमा पचाउन थालिसके।

देशमा प्रजातन्त्र र लोकतन्त्र आएपछिको अधिकांश समय सिमित ब्यक्तिले जनतामाथि राज गरिरहेका छन् । देशमा भ्रष्टाचार वढेको छ। राज्यले दिने सेवा सुविधा पाउन घुस दिनुपर्ने बाध्यता अघोषित कानुन सरह छ। ‘घुस दिनेको काम, घुस नदिनेको काम तमाम’ को अवस्था सृजना गरिएको छ। विकास निर्माणका काम कमिसनका लागि मात्रै भईरहेका छन्।

नेताहरु चुनावको वेला भए/नभएका बाचा गर्छन र चुनाव जितेपछि ५ वर्ष हराउँछन्। ५ वर्षपछि गाउँ पस्ने उनीहरु फेरी आश्वासनका पहाड वनाउँछन्। पैसा वाँड्छन र फेरी चुनाव जित्छन्। जो हारे पनि र जो जितेपनि सत्तामा पुग्ने तिनै सिमित ब्यक्ति हुन। आफु र आफन्तलाई जिताउँन गठवन्धन गर्छन। उनीहरु वाहेक अर्कोलाई जिताएर पठाउने विकल्प समेत जनतासँग छैन।

यो निरिह अवस्थाबाट वाक्क भएका नेपाली जनता अव नेताहरुबाट ग्यारेन्टी खोज्न थालेका छन् । यसको सुरुवात काठमाण्डौं क्षेत्र नं. ५ बाट भएको छ। यो क्षेत्रमा पनि सिर्जशील टोलका करिव ५ सय घरधुरी जनताले आफनो ठाउँको विकाश र सुशासनका लागि उम्मेदवारहरुलाई लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएका छन् ।

टोलवासीले सिर्जनशील टोलको विकासका लागि विभिन्न ८ वुँदमा उम्मेदवारको दृष्टिकोण र योजना खोजेका छन् भने भ्रष्टाचार, कुसासन, ढिलासुस्ती, गुण्डागर्दी अन्त्य गर्ने तथा देशको विकास र विधिको शासन स्थापित गराउने सवालमा ७ वुँदे प्रतिवद्धतामा हस्ताक्षर गराएका छन् ।

प्रतिवद्धता पत्रमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रतिप पौडेल, क्षेत्र नं. ५ को (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार श्याम खड्का लगायत अन्य विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले पनि हस्ताक्षर गरेका छन् । तर, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाण्डौं क्षेत्र नं. ५का प्रतिनिधि सभा सदस्यका उम्मेदवार इश्वर पोखरेलले भने हस्ताक्षर गर्न मानेका छैनन्।

पोखरेल तिनै उम्मेदवार हुन्, जस्लाई भ्रष्टाचार गरेको पैसा पानी ट्यांकीमा लुकाएको आरोप लागेको थियो। ०६१ असार २१ गते शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका पोखरेल राजाले सत्ता कब्जा गरेपछि राजविराजबाट पक्राउ परेका थिए।

त्यही बेला काठमाडौंस्थित धुम्बाराही शंखपार्क छेउमा रहेको उनको घर खानतलासी भयो। उनको घरको ट्याङकीमा पैसा भेटिएको चर्चा चल्यो। कतिपय आलोचकहरूले पोखरेललाई अहिले पनि ‘ट्यांकी’ उपनामले चिन्ने गरेका छन्। तर, उनी स्वयम भने त्यो आरोप मात्रै भएको बताउँछन।


 

यो पनि,

इश्वर पोखरेल

विशेष