News

टिकटक बनाउन बुलेट बाइकमा तरबार बोकी हिड्ने पक्राउ 

टिकटक बनाउन बुलेट बाइकमा तरबार बोकी हिड्ने पक्राउ 

मोटरसाइकलको लेग गार्डमा लुकाएर राखेको अवस्थामा धारिलो हतियार तरवारसहित २ जना पक्राउ परेका छन् ।

आइतबार राति ८ बजे बालाजुबाट बुलेट बाइकको लेग गार्डमा फिटिङ्ग गरिएको धारिलो हतियार तरवार र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका २ सानो भर्‍याङका २३ वर्षीय दिपेश महर्जन रदोलखा मेलुङ्ग गाउँपालिका ६ स्थायी घर भई हाल काठमाडौंको स्वयम्भु बस्ने २२ वर्षीय श्रवण लामा रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले बा. ५१ प. ४६३९ नम्बरको बुलेट मोटरसाइकल र मोटरसाइकलको लेग गार्डमा जडित दुई फिट साढे दुई ईन्च लम्बाइ भएको धारिलो हतियार (तरवार) बरामद गरेको छ ।

उनीहरुले  सोही मोटरसाइकलको लेग गार्डबाट धारिलो हतियार तरवार झिकेको भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेका थिए ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति समेत लिएर प्रहरी वृत्त, बालाजुबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

विशेष