News

गायक प्रकाश दुतराज भन्छन्ः एक छिन हराउनु, म मर्नु हैन नि!

गायक प्रकाश दुतराज भन्छन्ः एक छिन हराउनु, म मर्नु हैन नि!

अस्ट्रेलियामा आत्महत्या प्रयास गरेका गायक प्रकाश दुतराजले सो को प्रष्टिकरण दिएका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका दुतराजले अस्ति राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो ।

तर, उनले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको प्रष्टिकरण दिएका छन् । 

‘कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौं कोशिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनुँ या मेरो विशेषता, यहि कारण पनि म आफूले आफैँलाई दुःखी बनाउँछु ।

अगाडि लेखेका छन्, ‘धेरै समाचारहरु हेरेँ, पढेँ अलिक अप्ठ्यारो, असजिलो महशुस गरेँ । एक छिन हराउनु, म मर्नु हैन नि !’

‘कसरी मार्न सक्थेँ र यो शरीरलाई । गलत बुझाई तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नुहुने, सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असरप्रति क्षमा माग्दछु,’।

प्रकाश दुतराज

विशेष