News खेल

विश्वकपको मुखैमा मेसी घाइते, समर्थकमा निराशा छायो 

विश्वकपको मुखैमा मेसी घाइते, समर्थकमा निराशा छायो 

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन् । विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा उनी घाइते भएको सीएनएनले जनाएको छ । 
उनको पिँडुला सुन्निएकाले चिकित्सकले आराम गर्न सुझाएको मेसी आवद्ध  फ्रान्सेली क्लब पेरी सेन्ट जर्मन (पीएसजी)ले जनाएको छ । ‘लिओ मेसीको पिँडुला सुन्निएकाले उनलाई सावधानी अपनाउन भनिएको छ । उनी केही दिन उपचारमा रहनेछन्,’ पीएसजीको वक्तव्यमा उल्लेख छ । 

मेसीले यो विश्वकप अर्जेन्टिनाका लागि ट्रफी भित्र्याउने अन्तिम मौका रहेको बताइसकेका छन् । उनी घाइते भएको खबरले अर्जेन्टिनाका समर्थकमा निरासा छाएको छ । 

यद्यपी आगामी साताबाट मेसी सामुहिक तालिममा सहभागी हुने अपेक्षा गरिएको पीएसजीले जनाएको छ । ‘मेसी आगामी साताबाट सामुहिक तालिममा सहभागी हुनसक्ने अपेक्षा छ,’ वक्तव्यमा भनिएको छ ।

अर्जेन्टिनाका भरोसा मेसी अहिले लयमै देखिन्छन् । गत वर्ष बार्सिलोना छोडेर पीएसजी भित्रिएका मेसीले क्लबका लागि व्यक्तिगत १२ गोल गरेका छन् भने १४ वटा गोले उनको सहयोगमा भएको छ । 


सन् १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले त्यसयताका खेलमा विश्वविजेता बन्न चुक्दै आएको छ । अर्जेन्टिनका लागि मेसीको नाममा सर्वाधिक ९० गोलको रेकर्ड छ । अर्जेन्टिनाले विश्वकपको पहिलो खेल साउदी अरबसँग  खेल्नेछ । 

लियोनल मेसी

विशेष