News

प्रचण्डको बुझाई– मंसिर ४ को निर्वाचन जनताका लागि चाही जीवन मरणको लडाइँ !

प्रचण्डको बुझाई– मंसिर ४ को निर्वाचन जनताका लागि चाही जीवन मरणको लडाइँ !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को निर्वाचन नेपाली जनताका लागि जीवन मरणको लडाइँ भएको बताएका छन्। 

बुधवार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। नेताहरुको झुठ र कुशासनका कारण जनताले राजनीतिलाई वास्ता गर्न छोडेका वेला दाहालले यो चुनाव जनताको जिवन मरणको विषय भएको वताएका हुन।

‘संविधानको रक्षा गर्ने र उल्ट्याउनेबीच संग्राम हुँदैछ मंसिर ४ मा। एकातिर संविधान जोगाउने र अर्कातिर संविधान विरोधी गठबन्धन छ’, उनले भने, ‘संविधान च्यात्ने र लोकतन्त्रको हत्या गर्ने गठबन्धन केपी ओलीको नेतृत्वमा छ। यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीको बीचमा संघर्षका रुपमा आएको छ।’ 

उनले हिजो युद्धका क्रममा नेपाली कांग्रेस र माओवादी आमने सामने भए पनि ओलीकै कारण एकैठाउँमा आइपुगेको बताए। ‘हामी हिजो युद्धमा आमनेसामने थियौँ माओवादी र कांग्रेस आमनेसामने थिए। केपी ओली सुध्रिए भनेर पार्टी एकता र गठबन्धन गरियो तर संविधान मास्न ढुकेर पो बसेका रहेछन’, उनले भने, ‘जनताका अधिकार खोस्न बसेका रहेछन्।’

दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक प्रधानमन्त्री भएर देखाउन चुनौती पनि दिएका छन् ।  एमाले अध्यक्ष ओलीले व्यवस्था उल्ट्याउन खोजेपछि हिजो युद्धमा भिडेको कांग्रेसससँग मिल्नुपरेको पनि उनले बताए। 

विशेष