News

क्यान्सरको औषधि उत्पादन गर्ने शैलेश वैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को सम्मान

क्यान्सरको औषधि उत्पादन गर्ने शैलेश वैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को सम्मान

नेपालमा पहिलोपटक क्यान्सरको औषधि उत्पादन गर्ने शैलेश वैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को नेपाल च्याप्टरले सम्मान गरेको छ ।

टिजिग फर्माका कार्यकारी निर्देशक वैद्यलाई एन्टिक्यान्सर औषधि उत्पादनमा नेतृत्व लिई मुलुकका लागि योगदान दिएको भन्दै सम्मान गरिएको हो।

वैद्य नेतृत्वको टिजिग फर्माले तीन एन्टिक्यान्सर औषधिका लागि औषधि व्यवस्था विभागबाट अनुमति पाएसँगै विगत १० महिनादेखि उत्पादन गर्दै आएको छ ।

च्याप्टरले वैद्यसँगै नेपालको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल, कोरोनाका बेला योगदान दिएको भन्दै विष्णु भण्डारी, रोशनकुमार कोजू, क्याबिनेट श्रेष्ठलगायत व्यक्तिलाई पनिसम्मान गरेको छ ।


 

विशेष