News

दिपकराज गिरी र निश्चल वस्नेतको भनाभन, बीचमा परे पुकार वम

दिपकराज गिरी र निश्चल वस्नेतको भनाभन, बीचमा परे पुकार वम

मंसिर ४ को निर्वाचनका उम्मेदवारलाई समर्थन गर्नेकी नगर्ने भन्ने विषयमा कलाकारद्वय दीपकराज गिरी र निश्चल बस्नेतबीच फेसबुकमै घोचपेज चलेको छ। दीपकराज गिरीको पोष्टमा असहमति जनाएर निश्चलले कमेन्ट गरेपछि उनीहरुबीच भनाभन भएको हो।

कालाकारहरु विभिन्न उम्मेदवारहरुको पछि लागेर हिडेको विषयलाई संकेत गरेर होला गिरीले आफनो फेसवकमा एउटा स्ट्याटस लेखेका थिए। ‘कलाकारलाई गहना किन भनेको होला ? सायद सबैले प्रिय र साझा ठानेकोले होला ! त्यसैले म कुनै एक समूहको हुन सकिनँ ।’ भन्दै मंगलबार उनले फेसबुकमा पोष्ट गरे।

यसले सवैभन्दा पहिला निश्चललाई नै घोचेछ। किनकी उनी आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उमेदवार पुकार बमको चुनावी अभियानमा खटिएका छन् । वमका चुनावी सभाहरुमा निश्चललाई देख्न सकिन्छ।

त्यसपछि उनले गिरीको पोष्टमा ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला । पेसाभन्दा पहिला देश कि के हो दाइ ।’ भन्दै कमेन्ट ठोकिदिए। 

गिरीले पनि निश्चललाई ‘तपाई पछि लागेका नेताले देश खाल्डोमा हाल्दैनन् भन्ने ग्यारेन्टी के छ ?’ भन्ने आशयमा प्रश्न गरेका छन् । ‘हेहेहे... आधा सही हो । वकिलले राम्रो गरेन, वकिल खोज्ने । डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने । मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर’ उनले निश्चललाई जवाफ दिएका छन्–‘आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो । हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्टोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर ?’

त्यसपछि भने निश्चलको अर्को कमेन्ट आएको छैन। निश्चलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जिताउन पनि खुलेरै समर्थन गरेका थिए ।

विशेष