News

मधेशीप्रति अपमानजनक शब्द प्रयोग गरेपछि मन्त्री मेटमणी चौधरी विवादमा

मधेशीप्रति अपमानजनक शब्द प्रयोग गरेपछि मन्त्री मेटमणी चौधरी विवादमा

मधेशी समुदायप्रति अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेपछि शहरी विकास मन्त्री मेटमणी चौधरी विवादमा परेका छन् । एउटा अन्तरवार्ताका क्रममा उनले वोलेका कतिपय शब्दले मधेशी समुदायको अपमान गरेको आरोप लागेको छ।

दाङ १ मा गठबन्धनबाट उम्मेदवारसमेत रहेका मन्त्री चौधरीको अभिब्यक्ति विरुद्ध मधेशी आयोगले पनि आपत्ति जनाएको छ। आयोगले निर्वाचन आयोगलाई पत्राचार गरेर मन्त्री चौधरीलाई कारबाही गर्न माग गरेको छ।

चौधरीले कार्तिक २१ गते एक टेलिभिजनबाट प्रसारित कार्यक्रममा मधेशीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै मधेशी आयोगले कारबाहीका लागि पत्राचार गरेको हो।

चौधरीले ‘विवेकहीन र चेतना नभएको समुदाय रहेको’ जस्ता विभेदपूर्ण र जातीय विभेदमा केन्द्रित भाषण गरेको भन्दै आयोगमा उजुरी परेको छ। उनको अभिब्यक्तिले मधेशी समुदायलाई होच्याएको आरोप छ।

विशेष