News

डोटी केन्द्रविन्दु वनाएर गएको भुकम्पमा परी यसरी गयो ६ जनाको ज्यान

डोटी केन्द्रविन्दु वनाएर गएको भुकम्पमा परी यसरी गयो ६ जनाको ज्यान

बुधवार विहान डोटी केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ। बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका– ३ गैरागाउका ६ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा  र १४ वर्षीया तुलछी बोहरा रहेका छन् । अन्य ६ जना घाइते भएका छन। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का पश्चिम नेपालका अधिकांश ठाउँमा महसुस भएको थियो। यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरूले चिसोमा खुला आकाशमुनि रात बिताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको टोली खटिएको छ ।

स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । 

विशेष