News

धनकुटामा भतिजोले नै गरे काकाको हत्या

धनकुटामा भतिजोले नै गरे काकाको हत्या

धनकुटामा एक ब्यक्तिले आफनै काकाको हत्या गरेका छन् । छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका ४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका हुन्। 

तेजबहादुरले पछाडिबाट धारिलो हतियारले घाँटी काटेर साईनोमा काका पर्ने भागिश्वरको हत्या गरेको प्रहरीले जनाएको छ। मानसिक सन्तुलन ठीक नभएका तेजबहादुरको आक्रमणबाट घाइते भएका भगीश्वरको स्थानीय अस्पताल पु¥याउँदा मृत्यु भएको थियो।

प्रहरीले तेजबहादुरलाई नियन्त्रणमा लिएको छ भने आवश्यक अनुसन्धान तथा शव जाँचबुझको काम गरिरहेको छ। मृतक भगिश्वरको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याउने तयारी भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मिराज अधिकारीले जानकारी दिए। 
 

विशेष