News

प्रदेश १ का वनमन्त्री तथा कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन

प्रदेश १ का वनमन्त्री तथा कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन

प्रदेश नं. १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका थापाको डेंगु संक्रमणका कारण मृत्यु भएको हो।

५६ वर्षिय थापाको बुधबार बिहान साढे १० वजे विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। मंगलवार चेकजाँच गर्दा उनलाई निमोनियाँ पनि देखिएको थियो।

मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवारका लागि मनोनयन दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । उनलाई मंगलबार मात्रै ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो ।

पथरी शनिश्चरे–८ स्थायी घर भएका थापा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ ।

त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने उनले बताए । सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाइने जनाईएको छ। 

विशेष