News

स्वतन्त्र विरुद्ध कडा संग्रौलाः यिनलाई सोधूँ–तँ हिजो कहाँ थिस्,के थिस?

स्वतन्त्र विरुद्ध कडा संग्रौलाः यिनलाई सोधूँ–तँ हिजो कहाँ थिस्,के थिस?

लेखक खगेन्द्र संग्रौलाले स्वतन्त्र उम्मेदवारहरु विरुद्ध खह्रो टिप्पणी गरेका छन् । हिजोसम्म हलो बोकेर हिडेका, तस्करीमा रहेका र गणतन्त्रलाई सराप्दै हिडेकाहरु अहिले स्वतन्त्र भएर आएको उनको भनाई छ।

संग्रौलाले स्वतन्त्र उम्मेदवारहरुलाई उनीहरुको विगत सोध्न पनि सिकाएका छन् । ‘तँ हिजो कहाँ थिस्,के थिस?’ भन्दै प्रश्न गर्न उनले आग्रह गरेका छन् ।

‘हिजोसम्म हलो बोकेर हिँड्याथ्यो, चुनावी टिकस नपाएसि आज स्वतन्त्र उम्मेदवार! हिजोसम्म तस्करी गर्दै हिँड्याथ्यो, नाकमा अत्तर छर्केर आज स्वतन्त्र उम्मेदवार! हिजोसम्म गणतन्त्रलाई सराप्दै हिँड्याथ्यो, छलकारी औतारमा आज स्वतन्त्र उम्मेदवार!’ उनले ब्यंग्य गर्दै ट्वीटरमा लेखेका छन्–‘यिनलाई सोधूँ–तँ हिजो कहाँ थिस्,के थिस?’
 

विशेष