News

प्रचण्डलाई किन चाहियो आईटी आर्मी ?

प्रचण्डलाई किन चाहियो आईटी आर्मी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव जित्न फेसबुकमा धमाका मच्चाउने आइटी आर्मीको जरूरी देखिएको बताएका छन् ।

शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले विकास र एजेन्डाबाट मात्रै जनता खुसी नदेखिएको भन्दै चुनाव जित्न सामाजिक सञ्जालमा पनि बलियो पकड आवश्यक देखिएको टिप्पणी गरेका हुन्।

‘जनताहरू विकास र एजेन्डाले मात्रै खुसी हुँदा रहेनछन्। विकासको क्रान्तिनै ल्याएको ठाउँमा पनि माओवादीका उम्मेदवारलाई चुनाव जित्न हम्मे–हम्मे प¥यो,’ दाहालले भने, ‘विकास र एजेन्डा लिएर जाँदैमा चुनाव जितिने रहेनछ। फेसबुकमा धमाका दियो भने हेर्नुस् त कस्ता कस्ताले जितेका छन्। अब आइटी आर्मी पनि जरूरी देखियो तर यो आइटी आर्मीलाई गम्भीरतापूर्वक नलिदिनुहोला।’

माओवादी केन्द्रले सिद्धान्त र एजेन्डालाई समय सापेक्ष बनाउँदै विज्ञान र प्रविधिमा पनि ध्यान दिन जरुरी रहेको दाहालले बताए।

विशेष