News

सुकुम्बासी बस्तीमा प्रभु यशुको बास !

सुकुम्बासी बस्तीमा प्रभु यशुको बास !

काठमाण्डौं महानगरपालिकाले गत मंसिर १२ गते थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रयास गर्यो। उक्त वस्ति सरकारी स्वामित्वको जग्गामा अनाधिकृत रुपमा वसेको छ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली एक्स्काभेटर लिएर पुगेको मात्रै थियो, स्थानीयवासीले आक्रमण गरे। खुकुरी, भाला, ढुङ्गामुढासहित निस्किएका स्थानीयले महानगरका सुरक्षाकर्मी निर्घात कुटपिट गरे। झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भए।

महानगरले उक्त वस्ति हटाउन प्रयास गरेको यो पहिलो घट्ना भने होईन। त्यहाँका धेरै व्यक्तिसँग काठमाडौं लगायत देशका विभिन्न भागमा जग्गा–जमिन भएको, कतिपयका छोराछोरी विदेशमा डाक्टर–इञ्जिनियरसमेत पढिरहेकाले उनीहरू सुकुम्बासी नभएर ‘हुकुम्बासी’ हुन् भन्ने धेरैको तर्क छ। त्यसैले त्यहाँका वासिन्दालाई उठाउनु पर्ने माध्यताले धेरै पटक प्रयासहरु भएका छन् । तर, अहिलेसम्म सफलता भने मिलेको छैन।

जानकारहरुका अनुसार थापाथलीको सुकुम्वासी वस्ती हटाउन नसक्नुका मुख्य दुई कारण छन्। पहिलो कारण राजनीतिक संरक्षण र दोश्रो कारण प्रभु यशुको बास।

राजनीतिक संरक्षण
सुकुम्वासी वस्तीको वारेमा अध्ययन गरेका र त्यहाँको वारेमा जानकारहरुका अनुसार त्यहाँ करिव १५÷२० प्रतिशत मात्रै वास्तविक सुकुम्वासी छन् । वाँकी सवै हुकुम्वासी हुन। वास्तविक सुकुम्वासीलाई नीतिगत रुपमै ब्यवस्थापन गर्न सकिन्छ। तर, उनीहरुको आडमा त्यहाँको जग्गा अनाधिकृत रुपमा आफनो नाममा पार्ने योजना अनुसार वसेका हुकुम्वासीहरुका कारण वस्ति उठाउने प्रयास सफल हुन सकेको छैन।

उनिहरुको सम्वन्ध देशका ठुला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका नेताहरुसँग छ। राजनीतिक दलले सुकुम्वासी वस्तीलाई भोट वैंकको रुपमा प्रयोग गरिरहेका छन् । अर्कोतर्फ काठमाण्डौंमा हुने अधिकांश जुलुस र सभामा सुकुम्वासी वस्तिकै मानिस सहभागी हुने गरेका छन् ।

आवश्यक्ता पर्दा प्रयोग गर्न पाईने भएपछि कुनै पनि राजनीतिक दल सुकुम्वासी वस्ती र सुकुम्वासीका नाममा वसेकाहरुलाई कटाउँन चाहाँदैनन्। त्यसैले महानगरले जती नै प्रयास गरेपनि सुकुम्वासी वस्ति हटाउने र सरकारी स्वामित्वमा रहेको जग्गा खाली गर्ने प्रयास असफल भईरहेको छ।

सुकुम्वासी वस्तिमा प्रभु यशुको बास
कानुनी रुपमा यो वस्ती अवैध हो। तर, यसलाई हटाउन सक्ने सामथ्र्य अहिलेसम्म कुनै पनि सरकारी निकायमा देखिएको छैन। यस्को अर्को एउटा प्रमुख कारण हो, धर्मको आड। यो वस्ती वर्षौ पुरानो हो। यहाँ देशका विभिन्न भागबाट आएका र विभिन्न धर्म मान्ने मान्छेको वसोवास छ। तर, अन्य कुनै पनि धर्मावलम्वीका पुजास्थल (मन्दिर, मस्जिद, गुम्वालगायत) वनेका छैनन्। तर, क्रिस्चियन धर्म मान्नेहरुले भने यहाँ चर्च निर्माण गरिसकेका छन् ।

यो वस्तीको सिधा सम्पर्क क्रिस्चियन धर्मका अगुवाहरुसँग छ। वेलावेला उनीहरुको आउजाउ भईरहन्छ। सुकुम्वासीको अधिकार संरक्षणका लागि भन्दै विभिन्न समिति र संघसंस्था समेत क्रियासिल छन् । 

प्रभुकै अनुयायीहरुले यहाँ वेलावेलामा मान्छेहरु ल्याउने र वसोवास गराउने पनि गरेका छन् । उनीहरुले चर्चको नाममा बालबालिकालाई ट्युसन पढाई दिने, लत्ताकपडा वाँड्ने लगायतका काम गर्दै आएका छन् । यहाँ प्रभुको सन्देश पुर्याउने पर्याप्त मान्छे देखिन्छन्। यस्तो अवस्थामा सरकारले अवैध मानेको वस्तीलाई संरक्षण गर्न प्रभुका दुत अर्थात क्रिस्चियन धर्मका प्रचारहरुले अवनत्व वढाई धर्मान्तरण गराउन सफल भएका छन् । 

यसरी हेर्ने हो भने यस्ता वस्तिहरु क्रिस्चियन जन्माउने कारखानाका रुपमा देखिन्छन्। र यसको रक्षा पनि क्रिस्चियन धर्मका अनुयायीहरुले विभिन्न संस्था र राजनीतिक दलका नेताहरुलाई प्रयोग गरी गरिरहेको हुन सक्छ। नेताहरु बावुराम भट्टराई, प्रकाशमान सिंह, हिसिला यमीलगायतको पनि यो वस्तिमा अपनत्व छ। केपी शर्मा ओलीले त बालेन्द्रको बस्ती हटाउने प्रयासको समेत आलोचना गरे।

त्यसैले यो सुकुम्वासी वस्ती जोगाउने तागत राजनीतिक दलमा छैन। जरो गाडेर बसेका प्रभु यशुलाई हटाउन मेयर बालेन्द्र साहको डोजर समेत कमजोर सावित भएको छ। ४ वर्षअघि रामसार मिडिया प्रालिले निर्माण गरेको एउटा वृत्तचित्रमा पनि यो विषयलाई उजागर गरिएको छ। जसमा क्रिस्चियन धर्म प्रचारकले कसरी सुकुम्वासी वस्तीमा पकड जमाएका छन भन्ने कुरा देखाईएको छ।

सुकुम्बासी बस्ती थापाथली

विशेष