News

डेढ महिनाअघि हराएकी किशोरीको दिल्लीबाट उद्वार

डेढ महिनाअघि हराएकी किशोरीको दिल्लीबाट उद्वार

कात्तिक २४ गतेदेखि अर्घाखाँचीबाट हराएकी एक किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ। 

दिल्लीको कोत्ला मुवारकपुर पुलिस थानाको सहयोगमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको प्रहरीले जनाएको छ। सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया किशोरीको देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको जनाईएको छ।

दिल्ली प्रहरीका डिसीपी एमएसचन्दन चौधरीको निर्देशन र कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा किशोरीलाई फकाएर भारत पु¥याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

किशोरीका अभिभावकले खोजतलासको लागि जिल्ला प्रहरी कार्यालयबाँकेमा निवेदन दिएका थिए। सोही आधारमा खोजी गर्ने क्रममा भारतको नयाँ दिल्लीमा युवा–युवतीलाई फेला पारिएको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन लागेको प्रहरीले जनाएको छ। 
 

विशेष