News

प्रचण्डको खल्तिमा समानुपातिक सांसदको लिष्ट, असन्तुष्ट फकाउनै सकस

प्रचण्डको खल्तिमा समानुपातिक सांसदको लिष्ट, असन्तुष्ट फकाउनै सकस

नेकपा माओवादी केन्द्रले तयार गरेको समानुपातिकतर्फको अध्यक्ष पुष्पकमल दाहालले गोजिमा बोकेर वसेका छन् । शुक्रबार बसेको पदाधिकारी बैठकले अधिकांश क्षेत्रको सांसदको टुंगो लगाई सकेको छ।

नामावलीलाई अन्तिम रुप दिन अध्यक्ष दाहाल आन्तरिक छलफलमा छन्। अधिकांशको नाममा सहमति बनिसकेपनि केही व्यक्तिको नाममा सहमति जुट्न सकेको छैन।

‘पदाधिकारी बैठकमा लगभग टुंगो लागिसकेको छ। केही व्यक्तिको नाममा विवाद भएपछि अध्यक्षज्यूले छलफल गर्दै हुनुहुन्छ’ एक नेताले भने–‘असन्तुष्ट व्यक्तिलाई अरु कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा उहाँ व्यस्त हुनुहुन्छ।’

समानुपातिकतर्फको नाम हिजै टुंगो लागेपनि अन्तिमरुपम दिनको लागि दिउँसो पदाधिकारी बैठक बस्ने बताईएको छ। सबै टुंग्याएर ४ बजे अघि नै निर्वाचन आयोगमा बुझाउने तयारी छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ। संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ। बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ। 
 

विशेष