News

कांग्रेसले समानपुपातिकतर्फ सांसद बनाउन लागेका यि हुन भाग्यमानी पुरुष

कांग्रेसले समानपुपातिकतर्फ सांसद बनाउन लागेका यि हुन भाग्यमानी पुरुष

समानुपातिकर्फ दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले २९ जना महिला र ३ जना पुरुष समानुपातिकर्फ समावेश गर्ने भएको छ। 

संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुमध्ये ३३ प्रतिशत महिला हुनपर्ने प्रावधान अनुसार कांग्रेसले समानुपातिकतर्फबा २९ महिला समावेश गर्ने भएको हो। समानुपातिकमा पाउने ३२ सिटमध्ये बाँकी ३ जना पुरुष छनोट हुनेछन्।

कांग्रेस निकट स्रोतका अुनसार पुरुषतर्फ भने डा. प्रकाशशरण महत, बिमलेन्द्र निधि र जीवन परियार समानुपातिकमा समावेश हुने भएका छन्। महत खस आर्यतर्फको, निधि मधेशीतर्फ र परियार दलिततर्फको क्लस्टरबाट समानुपाति सांसद बनाउने तयारी रहेको कांग्रेस स्रोतको भनाइ छ। 

समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठको पनि चर्चा थियो। आदिवासी जनजातितर्फ प्रत्यक्ष जितेका सांसद धेरै भएका कारणले उनको संभावना कम भएको स्रोतको भनाइ छ। 

कांग्रेसभित्रको आन्तरिक गुट व्यवस्थापन मिलाउनका लागि पनि परियारलाई समावेश गर्नुपर्ने बाध्यता छ। महत र निधि देउवा गुटका हुन भने परियार शेखर कोइराला गुटका हुन्। गोपालमान श्रेष्ठलाई भने राष्ट्रियसभामा लानेगरी सहमति गर्ने तयारी छ। 
 

विशेष