News

गठवन्धनमा सरकार निर्माणको कसरत, अर्थमन्त्री विनोद चौधरी

गठवन्धनमा सरकार निर्माणको कसरत, अर्थमन्त्री विनोद चौधरी

मुलुक यतिखेर गम्भिर आर्थिक संकटमा छ । सरकारमा रहेका मन्त्रीहरुले जतिसुकै ढाकछोप गर्न खोजेपछि अर्थविद्हरूले अर्थतन्त्र समस्यामा छ भनिरहेकै छन् ।

समस्या समाधानका लागि भनेर थुप्रै वस्तु आयातमा कडाइ गरिएको छ। संकटमा रहेको अर्थतन्त्र सुधारका लागि बेलैमा उपचार गर्न सकिएन भने देशले ठुलो दुर्गती भोग्नु पर्ने हुन सक्छ। समस्यालाई सामान्य रुपमा विश्लेष गर्ने भन्दा पनि कसरी अर्थतन्त्रलाई पुनरुत्थान गर्ने वा नागरिकले अनुभूत हुने गरी कसरी यसको सुधार गर्ने भन्ने प्रश्नलाई ठाडै नकार्न सकिन्न ।

अर्थतन्त्रका सम्पूर्ण आयामहरू एक–अर्कोसँग सम्बन्धित भएकाले एकले अर्कोलाई प्रभाव पार्ने देखिन्छ । एक त नेपालको राजस्व निर्यातमा आधारित छ । राजस्वमा आधारित राजस्व प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने देखिन्छ । जुन तत्काल सम्भव छैन । यसको अर्थ आयातमा सरकारले लगाम लगाए त्यसको असर राजस्वमा देखिन सक्छ ।

अर्कातिर वस्तु आयातमा कडाइ गर्दा भाउ महँगो पर्न गई सस्तोमा वस्तु उपभोग गर्न पाउने अधिकारको समेत हनन हुने कुरा सुनिएका छन् । हुन त विदेशी विनिमय सञ्चिति घट्दै जाँदा त्यसका नतिजा निकै भयानक हुन्छन् । त्यसका अगाडि राजस्वमा केही संकुचन आउँदा र सस्तोमा वस्तु खपत गर्न नपाउँदा केही कम असर पर्ला, तर अर्थतन्त्रकोे एक सूचक नियन्त्रण गर्न खोज्दा त्यसको असर अर्कोतिर देखिने भन्ने निश्चितजस्तै छ ।

तसर्थ अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानका लागि आयात निर्यातको ब्यवस्थापन, स्वदेशमा उद्योगधन्दा स्थापना गरी उत्पादनमा जोड, कच्चा पदार्थ आयातलाई प्रोत्साहन, कृषि तथा पर्यटन क्षेत्रलाई अग्रसर बनाउने र ब्यापार ब्यवसायलाई स्मुथ्ली चलाउने लगायतका विषयमा ध्यान दिनु जरुरी छ।

अर्थतन्त्रको समस्यालाई तत्काल, मध्यकाल र दीर्घकालीन रूपमा नै समाधान गर्नुपर्छ । त्यसलाई अलगअलग तरिकाले हेर्न सकिन्छ । यसका लागि सवप्रथम नेतृत्व नै सक्षम हुनु नितान्त आवश्यक छ।

मंसिर ४ को निर्वाचनपछि मतगणनाको अन्तिम परिणाम आउने क्रम जारी छ। मोटामोटी रुपमा सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने अनुमान गर्न थालिएको छ। गठवन्धन दलका नेताहरु सरकार वनाउने कसरतमा जुटेका छन्। प्रधानमन्त्री को वन्ने भन्ने विषयमा पनि चर्चा चलिरहेको छ। यो सँगै देशको संकटपुर्ण अर्थ ब्यवस्थालाई सुधार गर्न योग्य र क्षमतावान अर्थमन्त्री वनाउनु पर्ने कुरामा पनि चर्चा सुरु भएको छ।

कांग्रेसले यस पटक उद्योगी विनोद चौधरीलाई अर्थमन्त्री बनाउने तयारी गरेको छ। पंचायतकालदेखी हरेक सरकारसँग समन्वय गर्दै ब्यापार ब्यवसाय गर्दै आएका चौधरीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएर अर्थतन्त्रको संकट पार लगाउने योजनामा कांग्रेसका नेताहरु देखिएका छन् । ‘उनलाई कानुन छिद्र पनि थाहा छन्, त्यसको समाधान पनि थाहा छ’ एक कांग्रेस नेता भन्छन्–‘उद्योगी ब्यसायी मैत्री नीति निर्माण गरेर अर्थतन्त्र कसरी चलायमान वनाउन सकिन्छ भन्ने ज्ञानलाई उनले देशका लागि प्रयोगमा ल्याउन सक्छन्।’

बेलायतका भारतीय मुलका उद्योगी ऋषी सुनक केही समय अगाडि त्यहाँको वित्त मन्त्री भएको र त्यसवेला उनले गरेका राम्रा कामकै आधारमा अहिले प्रधानमन्त्री भएको वताउँदै कांग्रेसका नेताहरु भन्छन–‘उद्योगी÷ब्यवसायीले अर्थतन्त्रको नेतृत्व गर्न पाएर सुधार गर्न सक्छन भन्ने धेरै उदाहरण छन् ।’

यही विश्लेषणका आधारणमा आगामी सरकारमा कांग्रेसले अर्थ मन्त्रालय आफैले राख्ने योजना वनाएको वताईन्छ। चौधरीलाई अर्थमन्त्री वनाउने विषयमा प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा समेत सकारात्मक रहेको श्रोत वताउँछ।
 

विनोद चौधरी

विशेष