News

प्रवक्ताले  गुरुआमा र कर्मचारीलाई सांसदमा सिफारिस गरेपछि रविको पार्टीमा तनाव

प्रवक्ताले  गुरुआमा र कर्मचारीलाई सांसदमा सिफारिस गरेपछि रविको पार्टीमा तनाव

समानुपातिक सांसदमा सभापति रवि लामिछाने र प्रवक्ता मुलुक ढकालले मनोमानी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका विवाद सुरु भएको छ। विवाद उत्कर्षमा छ।

निर्वाचन आयोगमा शनिबार बुझाइएको समानुपातिक तर्फको सांसदको सूचीमा पार्टी प्रवक्ता मुकुल ढकालले आफ्नी गुरुआमा डा. चन्दा कार्की र आफ्नी कर्मचारी निशा डाँगीलाई सिफारिस गरेको पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आरोप लगाएका छन् । 

उनले सामाजिक सञ्जालमार्फत पार्टीमा विधि प्रक्रिया उल्लङ्घन भएको दाबी समेत गरेका छन् । ‘एकजना व्यक्तिबाट निर्णयको जुन लिष्ट आयो त्यसैलाई अन्तिम मान्ने काम भयो । हामीले १२ वटा क्लस्टर बनाएका थियौँ’ कार्कीले भनेका छन्–‘निर्वाचन आयोगले भनेको ६ वटा क्लस्टरका लागि उप–समूह बनाएर हामीले निर्वाचन गरेका थियौँ । समानुपातिक छान्दा खुलाबाट छान्ने र महिलाको ३३ प्रतिशत पुगेन भने महिला क्लस्टरबाट तानेर भए पनि पु¥याउने कुरा भएको थियो ।’ 

तर अहिले १२ वटा क्लस्टरलाई मान्यता नदिई ६ वटा क्लस्टरलाई मात्र उल्लेख गरेको उनको आरोप छ। प्रवक्ता ढकालले गुरुआमालाई गुरुदक्षिणा स्वरुप सांसद उपहार दिएको विषयमा पार्टीको केन्द्रीय कमिटीको बैठकमा पनि उठेको उनले बताए । समानुपातिक सूचीमा समावेश निशा डाँगी प्रवक्ता ढकालकै कर्मचारी भएको पनि उनले बताए ।

निर्वाचनको बेला सहयोग गर्न कर्मचारीका रुपमा भर्ना गरिएकी डाँगीलाई सांसद बनाएर पार्टीका लागि काम गर्ने र निस्वार्थ लाग्नेलाई पाखा लगाईएको उनको आरोप छ।
 

विशेष