News

बृद्धभत्ता वितरणको विषयमा किन दुख्यो गगन थापाको टाउको ?

बृद्धभत्ता वितरणको विषयमा किन दुख्यो गगन थापाको टाउको ?

वृद्धभत्ता वितरणको होडवाजीलाई लिएर नेपाली कांग्रेसका महामन्त्री एवम् नव निर्वाचित सांसद गगन थापाले चिन्ता ब्यक्त गरेका छन्। उनले वृद्धभत्ताको प्रतिस्पर्धाप्रति आलोचना समेत गरेका छन् ।

बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले वितरणका लागि गरिने प्रतिस्पर्धाले मुलुकलाई दुर्घटनामा लैजाने वताए । ‘सबैभन्दा सजिलो काम हो । कहाँबाट ल्याउछु भनेर उत्तर दिनु नपर्ने दिन्छु भनेपछि थपडि बजाउने’ उनले भने–‘अब नयाँ आउने प्रधानमन्त्रीले एक बर्षभित्र अर्थतन्त्र सुधारको योजना ल्याउनुपर्छ। मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् की जस्तो लागेको छ । प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौं भनेको छ ।’

अब बन्ने सरकारले देशको अर्थतन्त्र सुधारमा लाग्नुपर्ने उनको तर्क छ। रोजगारी सिर्जना गर्न लाग्नुपर्ने बेलामा वितरणमुखी कामका लागेको उनको भनाइ छ। उनले स्थानीय तहमा समेत कसले धेरै पैसा बाँड्ने ? भन्ने प्रतिस्पर्धा चल्ने गरेको बताए । 
 

विशेष