काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजेसम्म र नाइट क्लब ४ बजेसम्म खोल्न पाइने

काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न व्यवसाय सञ्चालन गर्न पाउने समय तोकेको छ ।
जस अनुसार रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म खोल्न पाउनेछन् । त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौं जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको प्रशासन कार्यालयले जनाएको छ ।