News

सिके राउत सरकारमा सहभागि हुने, बालुवाटार पुगेर देउवासँग सहमति

सिके राउत सरकारमा सहभागि हुने, बालुवाटार पुगेर देउवासँग सहमति

सिके (चन्द्रकान्त) राउत नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकारमा जाने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका राउतले आफनो पार्टी सरकारमा सहभागि हुने वताएका हुन।

जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतलाई देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको जनाईएको छ। दुवै नेताबीचको छलफलमा कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले प्रधानमन्त्री देउवाको प्रस्तावमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको बताए । जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।
 

विशेष