News

प्रचण्डले प्रधानमन्त्री मागेपछि गठवन्धनमा खटपट, कांग्रेस–एमाले सरकारको सम्भावना

प्रचण्डले प्रधानमन्त्री मागेपछि गठवन्धनमा खटपट, कांग्रेस–एमाले सरकारको सम्भावना

प्रतिनिधिसभाका १६५ मध्ये १६२ सिटको अन्तिम मतपरिणाम आउँदा ५५ सिट जितेको नेपाली कांग्रेस सरकार गठनको तयारीमा जुटेको छ। कांग्रेसमा देउवासहित आधा दर्जनले प्रधानमन्त्रीको दावी गरिरहेका छन् ।

कांग्रेसमा कस्लाई प्रधानमन्त्री वनाउने भन्ने निर्णय भएको छैन। तर, सभापति शेरवहादुर देउवा नै प्रधानमन्त्री वन्ने सम्भावना भने धेरै छ। तर, १७ सिट जितेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने इच्छा देखाएपछि गठवन्धनमा खटपट सुरु भएको छ।

सत्ता गठबन्धनभित्र बहुमतको सरकार बनाउँदा पहिले कसले नेतृत्व गर्ने भन्ने विषयमा एकमत छैन । कांग्रेसले आफू ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने अडानमा छ भने माओवादी केन्द्रले यसपटक आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ । माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि त्यतिबेलाको दोस्रो दल कांग्रेसलाई सरकारको नेतृत्व दिएकाले यसपटक पहिलो २ वर्ष सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिएका छन् ।

०७४ को चुनावमा प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्न सफल कांग्रेसलाई प्रधानमन्त्री स्वीकार गरी लोकतन्त्रलाई बचाउने अभियानमा माओवादीले सहयोग गरेकाले यसपटक बिना विवाद कांग्रेसले पहिलो प्रधानमन्त्री प्रचण्डलाई दिनु पर्ने माओवादी नेताको तर्क छ।

दाहालले प्रधानमन्त्री नपाए गठबन्धन भत्किन सक्ने चेतावनी समेत माओवादी नेताहरूले दिन थालेको वताईन्छ। दाहालले आफूले मुख खोलेका छैनन्, तर विभिन्न नेताहरूमार्फत प्रचण्ड पहिला प्रधानमन्त्री हुनुपर्छ भन्दै भन्न लगाउने गरेको श्रोतको दावी छ।

कांग्रेसका नेताहरुले भने कांग्रेस ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । दुवै दलले पहिला आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेकाले कुरा नमिले गठबन्धन भत्किन सक्ने राजनीतिक विश्लेषण भइरहेको छ ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउन सक्ने अवस्थाबारे पनि चर्चा हुन थालेको छ । मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो।

विशेष