News

स्कुल वसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

स्कुल वसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । स्कुल वसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो ।

बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ । 
 

विशेष