News

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा भारतीय राजदूतावासका प्रथम सचिव सहभागी

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा भारतीय राजदूतावासका प्रथम सचिव सहभागी

अपाङ्गता संरक्षण नेपालले मंसीर २५ गते आयोजना गरेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा बीपी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार सहभागी भइका छन्।

कार्यक्रममा बीपी कोइराला फाउन्डेसनका सचिवले दृष्टिविहिनहरुको सहयोगार्थ नेपालभर थप वितरणका लागि अपाङ्गता संरक्षण नेपालका अध्यक्षलाई ९५० थान सेतो छडी हस्तान्तरण गरे।

बीपी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने एक क्षेत्र स्वास्थ्य पनि हो । फाउन्डेसनले कोभिड–१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्रीसमेत उपलब्ध गराएको थियो ।

भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा बीपी कोइराला फाउन्डेसनको स्थापना भएको हो । दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयमिक पक्ष तथा कला, साहित्य, बौद्घिक सम्वादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने यस फाउन्डेसनको उद्देश्य रहेको छ ।
 

विशेष