News

सुनसरी –४ मा मन्त्री कार्की र कुसियैतको टक्कर, २७ मतले पछि परे कार्की

सुनसरी –४ मा मन्त्री कार्की र कुसियैतको टक्कर, २७ मतले पछि परे कार्की

सुनसरी क्षेत्र नम्बर–४ मा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैत बीच कडा टक्कर छ। उनीहरु एक सयको मतान्तरले अगाडि पछाडि भईरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका कुसियैत कार्कीभन्दा २७ मतले अगाडि छन्। यो मतान्तर यसअघिको भन्दा कम हो। यसअघिको परिणाममा कुसियैत कार्कीभन्दा ८२ मतले अगाडि दिए ।

जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ९६६ मत पाउँदा कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् । 
 

विशेष