News

डिआईजी चौधरीले हिन्दु प्रहरीको टुप्पी काट्न निर्देशन दिएको आरोप

डिआईजी चौधरीले हिन्दु प्रहरीको टुप्पी काट्न निर्देशन दिएको आरोप

हिन्दु धर्म, परम्परा र संस्कार माथि चौतर्फी आक्रमण भईरहेका वेला नेपाल प्रहरी संगठन भित्रै पनि हिन्दु धर्म विरोधी काम हुन थालेको आरोप लागेको छ।

नेपाल प्रहरीमा जागिर खाएकै भरमा परापुर्व कालदेखी संस्कारको रुपमा ‘टुप्पी’ राख्ने परम्परालाई नेपाल प्रहरीमा धज्जी उडाईएको भन्दै अहिले आलोचना भईरहेको छ।  

उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीको निर्देशनमा उनी मातहतका टुप्पी राख्ने प्रहरीहरुको टुप्पी समेत मुण्डन गराईको आरोप छ। टुप्पी मुण्डनका लागि चौधरीले अभियाननै चलाएको नाम नवताउने सर्तमा एक प्रहरीले बताए ।

चेन अफ कमान्डको नाममा ज्यादती गरेको भन्दै अधिकांश प्रहरीले असन्तुष्टि जनाईरहेका छन् । ‘प्रहरीको कुन कानुन र नियमावलीमा टुपी राख्न नपाईने भनेर लेखिएको छ’ एक प्रहरी अधिकारीले भने–‘यसरी अनुशासनका नाममा धर्म/परम्परा र आस्थामाथि आक्रमण गर्न मिल्छ ?’

लोकपथ डटकमका अध्यक्ष रमेश जमकट्टेलले समेत यो विषयमा प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘हदै भएछ: प्रहरीमा जागिर खादैमा टुपी राख्न पाईदैन र ? उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख ज्यू । नेपालमा ८० % भन्दा बढी हिन्दु छन् । नेपाल प्रहरीमा हिन्दु धर्म मानेर टुपी राख्नेको टुपी मुण्डन अभियान नै चलाएको सुनियो । चेन अफ कमान्डको नाममा यो ज्यादती नै हो । प्रहरीको कुन कानुन र नियमावलीमा टुपी राख्न नपाईने भनेर लेखिएको छ .... जान्न पाए आभारी हुने थिए । हिन्दु धर्म रक्षार्थ भनेर खुलेका दल र संघसंघठनको बेलैमा ध्यान गएको राम्रो। समधर्म समभाव÷आस्थामाथी नखेलौ।’

के हो टुप्पी ?
कपाल काट्दा टाउको बीचमा नकाटी–नखौरी राखिने रौंको शिखालाई टुप्पी भनिन्छ। हिन्दू मान्यता अनुसार टुप्पी पाल्ने चलन छ। केश काट्दा टुप्पी काट्नुलाई अशुभ मानिन्छ। 

मान्यता अनुसार मान्छेको शरीरमा विभिन्न तत्व रहेझैं पृथ्वीमा पनि विभिन्न तत्व छन् । पृथ्वी, जल, तेज, वायु र आकास बाहिर छन् भने यी पञ्चतत्व मानव शरीरमा पनि भेटिन्छन् । स्वस्थ्य मानिसले दिनरात गरेर २१ हजार ६ सय पटक सास फेर्छ । शरीरका कोष सञ्चालन गर्न मस्तिष्क र मुटुको भूमिका हुन्छ । यसलाई बाहिरी तत्वले प्रभाव पारिरहेको हुन्छ । यसमा शरीरका नौवटा प्वालहरूको भूमिका हुन्छ । त्यसैगरी अप्रत्यक्ष द्वारका रूपमा मानिने नाभी र शिखा अर्थात् टुप्पीको पनि भूमिका हुन्छ ।

यस्तो छ टुप्पी राख्ने बैज्ञानिक कारण
विज्ञानका अनुसार, आकासबाट विभिन्न खाले पारावैजनी किरण पृथ्वीमा झरिरहेका हुन्छन् । शिरको टुप्पोमा रहेको शिखा (टुप्पी) ले नकारात्मक विकिरणलाई परावर्तन गर्न र सकारात्मक किरणमात्रै ग्रहण गरी शरीरमा पठाउँछ भन्ने व्याख्या गरिन्छ ।

नेपाल प्रहरी टुप्पी

विशेष