News

किन चिटिक्क पारिँदैछ राष्ट्रपतिको निजी निवास

किन चिटिक्क पारिँदैछ राष्ट्रपतिको निजी निवास

राष्ट्रिपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ। कार्यकाल सकिएपछि कहाँ वस्ने र कसरी ब्यवस्थापन गर्ने भन्ने चिन्ता हुनु स्वभाविक छ। तर, भण्डारीको प्रकरणमा भने त्यो असजिलो नहुने देखिएको छ।

कार्यकाल सकिएपछि भण्डारी आफनै निजी निवासमा सर्ने तयारी भईरहेको छ। स्रोतको अनुसार राष्ट्रपतिबाट हटेपछि भण्डारी कुनै पनि सरकारी सेवा–सुविधाको उपभोग नगर्ने मनस्थितिमा छिन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जस्तो सरकारी आवासको खोजी नगरी उनी बूढानीलकण्ठ नगरपालिका चपलीमा रहेको आफ्नै घरमा बस्नेछिन् ।

उनका घर रंगरोगनको काम समेत सुरु भएको छ। भण्डारीले केही समय अघि नै बुढानिलकण्ठमा रहेको आफ्नो निजी निवास तत्काल सरसफाइ र रंगरोगन गर्न निर्देशन दिएकी थिईन। 

भण्डारी लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन। उनी मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो महिला पनि हुन। उनी विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका–संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी थिईन। उनी राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला हुन। 

पहिलो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी विसं ०७४ साल फागुन २९ गते उनी दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपतिमा निर्वाचित भएकी हुन।

राष्ट्रपतिका रुपमा उनको आलोचना
देशको पहिलो राष्ट्रपति रामबरण यादव जसरी रुकमांगत कट्वाल प्रकरणमा परे।  त्यसैगरी राष्ट्रपति भण्डारी पनि विवादरहित हुन सकिनन्। खास गरी नागरिक्ता विधेयक प्रकरणमा उनको आलोचना वढि नै भयो। संसद्ले दोहो¥याएर पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयले संविधानको उलंघन भएको भन्दै आलोचना भयो भने अर्का थरीले उनको कदम राष्ट्रियताका पक्षमा रहेको तर्क पनि गरेका छन् ।

राष्ट्रपति बनेदेखि उनको सवारीलाई लिएर पनि आलोचना हुने गरेको थियो। त्यसअघि पनि अतिविशिष्ट व्यक्तिहरूको औपचारिक सवारीमा नागरिकले सास्ती पाएको गुनासो हुने गरेपनि भण्डारीले राष्ट्रपति बनेपछि पनि त्यसमा सुधार नआएको भन्दै आलोचना भयो।

यसैगरी, ०७५ सालमा राष्ट्रपति कार्यालय हातामै हेलिप्याड बनाउन गरिएको एउटा निर्णयका कारण राष्ट्रपति भण्डारीको आलोचना भयो, भने ०७५ सालमै पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा निर्मित लिफ्टको उदघाटन गर्न गएकोबारेमा पनि उनी आलोचनाको सिकार भईन।

यस्तै ०७५ सालमै भण्डारीले गरेको ४ दिने कतार भ्रमणले पनि उनको आलोचना भयो। विभिन्न देशहरूले कतारमा लामो समयदेखि नाकाबन्दी लगाईरहेका बेला उक्त देशको भ्रमण गर्दा कतिपयले उनको आलोचना गरे।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले उक्त दलका नेताहरूलाई राष्ट्रपति कार्यालयमा सामूहिक रूपमा भेटेर दलभित्रको राजनीतिमा अनावश्यक चासो दिएको विषयमा पनि उनको आलोचना भयो।

विशेष