News

प्रभु साह र अमरेश कुमार सिंह मिलेर नयाँ पार्टी गठन गर्दै

प्रभु साह र अमरेश कुमार सिंह मिलेर नयाँ पार्टी गठन गर्दै

प्रभु साहले नयाँ दल दर्ता गर्ने तयारी सुरु गरेका छन् । नेकपा एमालेबाट पाएको टिकट छोडेर रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका सांसद साहले आफूले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका हुन्।

नयाँ पार्टी गठनका लागि छलफल भइरहेको उनले जानकारी दिए। ‘म काठमाडौं आएको छैन। साथीहरूसँग छलफल गरिरहेका छु। हामीले नयाँ दल गठन गर्छौं,’ उनले भने,‘तर अहिले दलको नाम लगायतका विषयमा सहमति भएको छैन।’

नेपाली कांग्रेसबाट विद्रोह गरी सर्लाही क्षेत्र नं ४ बाट चुनाव जितेका अमेरशकुमार सिंहले पनि नयाँ पार्टी खोल्ने तयारीमा आफूहरू रहेको बताएका छन्। सिंहले पनि प्रभु साहसँग मिलेर नयाँ पार्टी गठन गर्न लागेको बताए।

रौतहट क्षेत्र नं २ बाट निर्वाचित किरण साहसमेत प्रभु साहनिकट मानिन्छन्। प्रभु साह सोही क्षेत्रबाट तीन पटक नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित भएका थिए। २०७७ फागुन २३ गते सर्वोच्च अदलातले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भंग गरिदिएपछि साहले एमाले रोजेका थिए।

एमालेले उनलाई प्रतिनिधि सभा सदस्यका लागि टिकट दिएको थियो। तर, उनले त्यो टिकट होल्ड गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
 

विशेष