News

विरामीलाई बलात्कार गर्ने धामी पक्राउ

विरामीलाई बलात्कार गर्ने धामी पक्राउ

विरामीलाई बलात्कार गरेको आरोपमा एक जना धामी पक्राउ परेका छन् । झारफुकको बहाना गरी बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो । 

पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै बलात्कार गरेको पीडित युवतीको जाहेरीमा उल्लेख छ।

मंसिर २० गते २७ वर्षीय ति युवतीलाई झारफुक गर्ने निहुँमा बलात्कार गरी हरिजन फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार पक्राउ परेका हरिजन लामाधामी गर्दै आएका व्यक्ति हुन् । झारफुक गरेर रोग निको गरिदिने बहानामा हरिजनले बलात्कार गर्न खोज्दा युवतीले उजुरी गरेकी हुन् । 
 

विशेष