News

कार्यकाल ९ महिना बाँकी छँदै संसद सचिवालयका सचिवले किन दिए राजिनामा ?

कार्यकाल ९ महिना बाँकी छँदै संसद सचिवालयका सचिवले किन दिए राजिनामा ?

संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले कार्यकाल ९ महिना बाँकी छँदै पदबाट राजीनामा दिएका छन् ।

उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहेकै अवस्थामा उनले राजीनामा दिएका हुन् । संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख रहेका घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए ।

बुधबार नै उनको राजीनामा स्वीकृत भएको छ । समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

‘घरयासी कामका कारणले राजीनामा दिएको’ उनले उल्लेख गरेका छन् । 

विशेष