News

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन्। उनले आजैबाट लागू हुने गरी राजिनामा वुझाएका हुन।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रभाकरले राजिनामा दिएको जनाएको छ। प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरिसकेको छ।

मुख्य प्रशिक्षक प्रभाकर साउनमा नेपाली टोलीको नेतृत्व गर्न काठमाडौँ आएका थिए। प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको थियो। क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको थियो।

तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अचानक राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। प्रभाकर जहाँ क्रिकेटका लागि कुनै पनि कुराको अभाव अब्बल देश भारतका खेलाडी हुन्। उनलाई नेपालमा भएको सीमित स्रोत साधनको अधिकतम प्रयोग गर्दै विश्वस्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउने चुनौती थियो।

तर प्रभाकरको आगमनपछि राष्ट्रिय टोलीको नतिजा झनै खराब भएको छ। हालै नामिबिया भ्रमणमा नेपालको विश्वकप लिग २ का ४ खेलमा नेपालले एउटै खेल जित्न सकेन।  नेपालले लिग २ मा एउटै खेल जित्न नसकेको नामिबिया भ्रमण पहिलो शृंखला बन्यो। 

उनी आएपछि नेपालले तीन एकदिवसीय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि केन्या भ्रमण गरेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले र एकदिवसीय शृंखला नेपालले ३–० ले ‘क्लिन स्विप’ गरेको थियो।

पछिल्लो १५ महिनामा नेपालबाट बाहिरिने उनी तेस्रो प्रशिक्षक हुन्।

सन् २०२१ को सेप्टेम्बरमा डेभ ह्वाटमोर नेपाल छाडेर गएका थिए। उनको स्थानमा डिसेम्बर अन्तिममा आएका दासानायके पनि नेपालको प्रशिक्षकबाट ६ महिना पछि नै बाहिरिए त्यसपछि प्रभाकरलाई क्यानले नियुक्त गरेको थियो।  
 

विशेष