News

रेशम चौधरीलाई फकाउन यस्तो छ प्रचण्डदेखि बाबुरामसम्मको डिल्लीबजार दौडधुप

रेशम चौधरीलाई फकाउन यस्तो छ प्रचण्डदेखि बाबुरामसम्मको डिल्लीबजार दौडधुप

सदुरपश्चिममा ठुलै पार्टीको रुपमा स्थापित भएपछि अहिले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको भाउ वढेको छ। उनलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागारसम्मै धाउन थालेका छन ।

सरकार बनाउन गठबन्धनलाई केही सिट अपुग हुने भएपछि नेताहरु चौधरीको पछि लागेका हुन। उनीहरूले उन्मुक्ति पार्टीलाई सहभागी गराएर सरकार वनाउने प्रयास जारी राखेका छन् । त्यसका लागि चौधरीलाई फकाउन अनिवार्य देखिएको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेको श्रोत वनाउँछ।

दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निकट सूत्रमार्फत चौधरीसँग वार्ता प्रक्रिया अघि बढाएको जनाईएको छ। तर, कुराकानीबारे नेताहरूले खुलासा गरेका छैनन् ।

उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ । पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जिता श्रेष्ठले भने सरकारमा जाने÷नजानेबारे टुंगोमा नपुगेको बताएकी छिन् ।

उन्मुक्ति पार्टीबाट कैलाली–१ मा श्रेष्ठ, कैलाली–२ मा अरुनकुमार चौधरी, कैलाली–३ मा गंगाराम चौधरी निर्वाचित भएका छन । बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन । रेशमका पिता उनले नागरिक उन्मुक्ति नै रोज्नेछन । प्रदेशसभामा उन्मुक्तिले ७ सिट जितेको छ । 

०७२ भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र ७ सुरक्षाकर्मीको हत्यामा कैलाली अदालतबाट दोषी ठहर भएका चौधरीको सजाय उच्च अदालत दिपायलले सदर गरेपछि उनी जेलमै छन । उनले रिहाइका लागि सर्वोच्च अदालतमा अपिल गरेका छन । उनी ०७४ मा कैलाली–१ बाट निर्वाचित भए पनि सांसद पद निलम्बनमा रहेको थियो । 
 

विशेष