News

कर्मचारीमाथि किन कड्किए राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना ?

कर्मचारीमाथि किन कड्किए राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना ?

बुधबार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा माईक विग्रिएको र पुस्तक विमोचन कार्यक्रममा पुस्तक नै ढिला आएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना कर्मचारीमाथि कड्किएका छन् ।

कर्मचारीले हरेक कुरामा कमजोरी गर्न थालेपछि अध्यक्ष तिमिल्सिनाले भने–‘अरू त सबै व्यवस्थापन समितिले संघीय संसदको नेतृत्वले वा नेपाल सरकारले सुविधा दिएर यहाँहरूले भन्नुभएको कमी कमजोरीहरू भएका होलान्। विमोचन गर्ने पुस्तक पनि सेवा नभएर यति ढिला आयो। माइकहरू हिजो राष्ट्रगान बजाउने बेलामा, आज पनि बोल्ने बेलामा। सेवा नै नपुगेर मात्रै हो ? अनि हामी हाम्रो दायित्व त पटक्कै पूरा नगर्ने।’ 

संघीय संसदमा आउँदा कतिपय कर्मचारीहरू भन्सारको डिजी समेत हुने चाहना राखेको भने उनले आपत्ति जनाए । ‘संघीय संसदमा आएर भन्सारको डिजी हुन चाहने अभिव्यक्तिहरू पनि आए। कसरी तालमेल मिल्छ यो कुरा ? तपाईंहरू कहाँ हुनुहुन्छ ?’ उनले गुनासो गरे।

यस्तै कसैलाई आफूले पकेटबाट पुरस्कृत गरेको थाहा पाए राजीनामा पनि दिने पनि बताए। ‘सेवामा न्यूनतम सुविधा कटौती भएको छ भने त्यहाँनेर भन्नुहोस्। म घोर आपत्ति व्यक्त गर्दछु। पकेटबाट हामीले कसलाई पुरस्कृत गरेका छौं ?,’ उनले प्रश्न गरेका छन्, ‘एक जना देखाउनुस्, प्रमोशन र पुरस्कृत एक जना पनि राष्ट्रिय सभाको अध्यक्षले पकेटबाट गरेको छ भने आज राजीनामा दिन्छु। यस्ता वाहियात कुरा बोल्ने, बोल्न मिल्छ ?’
 

विशेष