News

रामचन्द्र पौडेललाई कुन कामका लागि जापानले गर्दैछ सम्मान ?

रामचन्द्र पौडेललाई कुन कामका लागि जापानले गर्दैछ सम्मान ?

जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजकीय सम्मान गर्दै छ। पौडेल ‘अर्डर अफ राइजिङ सन’ बाट सम्मानीत हुन लागेका हुन्।

जापानको आधुनिक प्रगतिको जग बसालेका सम्राट मेइजीले स्थापना गरेको उक्त राजकीय सम्मानबाट बिहीबार दिउँसो ३ बजे जापानी राजदूतको निवासमा पौडेललाई सम्मानीत गर्ने कार्यक्रम छ।

विशिष्ट व्यक्तित्वहरुलाई वर्षको २ पटक दिइने यो सम्मानबाट थोरै विदेशीहरु सम्मानित हुने गरेका छन् । जापान सरकारले पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई अढाई वर्ष अघि सम्मान गर्ने घोषणा गरेको थियो। 

पौडेललाई पूर्व सभामुखको हैसियत र सुदृढ जापान–नेपाल सम्बन्धका लागि कदर गरिएको बताइएको छ। नेता पौडेल सम्मानीत हुन लागेपछि अर्थविद् डा स्वर्णीम वाग्लेले भनेका छन्, ‘जापानको आधुनिक प्रगतिको जग सम्राट मेइजिले हालेका हुन्। उनै सम्राटले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ राइजिङ सन’ आज रामचन्द्र पौडेलले ग्रहण गर्ने हुनुभएकोमा हार्दिक बधाई।’
 

विशेष