News मनोरञ्जन

पशुपतिनाथ मन्दिर पुगेर बलिउड अभिनेता विवेक ओबरोयले के भने ?

पशुपतिनाथ मन्दिर पुगेर बलिउड अभिनेता विवेक ओबरोयले के भने ?

बलिउड अभिनेता विवेक ओबरोयले बिहीबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् । बुबाआमा, श्रीमती र छोराछोरीसहित विवेक बुधबार साँझ काठमाडौं उत्रिएका थिए ।

बिहान सपरिवार पशुपति गएर उनीहरूले पूजाअर्चना गरे । विवेकले पशुपतिको दर्शन गर्ने धेरै पहिलादेखिको धोको बल्ल पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय आजै चन्द्रागिरी जानेछन् । नेपाल बसिन्जेल सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनीलगायतका ठाउँको भ्रमण पनि गर्दैछन् ।

एक हप्ता लामो नेपाल बसाइमा उनी केही कार्यक्रममा सहभागी हुने पनि बताइएको छ। उनले आफू नेपाल आउन लागेको एक भिडिओ सन्देशमार्फत् जानकारी दिएका थिए। 

‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ। म नेपालमा आउन पाउँदा एकदमै खुशी छु। किनकी नेपाल यस्तो देश हो जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ। नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। मलाई २० वर्ष अभिनय करियरमा नेपाली दर्शकले जति माया दिनु भएको छ, त्यसप्रति आभारी छु,’ उनले भनेका थिए।

सन् २००२ मा ‘कम्पनी’ फिल्मबाट डेब्यु गरेका विवेक पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा देखिएका थिए। 
 

विशेष