News मनोरञ्जन

गायिका आस्था राउतलाई अमेरिका प्रवेशमा रोक

गायिका आस्था राउतलाई अमेरिका प्रवेशमा रोक

अमेरिकाको डालस अध्यागमनले गायिका आस्था राउतलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी उनी त्यहाँबाट नेपाल फिर्ता भएकी छिन् ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिइन् । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उनले बताइन् ।

यसअघि भिजिट भिसामै कन्सर्ट गरेकोबारे जानकारी गराउँदा पनि नमानेको उनले वताईन। पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको उनले बताइन् । अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।

आफू कन्सर्टमा सहभागी हुन नपाएपछि आस्थाले दुःख व्यक्त गरेकी छन् । ‘मैले यो घटना बाहिर ल्याउनुको कारण भोलि यस्तै समस्या अरुलाई नहोस् भनेर हो,’ आस्थाले भनिन् ।
 

विशेष