News

इन्धनको मुल्य घटाउने तयारी

इन्धनको मुल्य घटाउने तयारी

नेपालमा इन्धनको मुल्य घटाईने भएको छ। नेपाल आयल निगमले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएपछि नेपालमा पनि मुल्य घटाउने तयारी गरिएको हो। आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो । बोर्ड अध्यक्ष (वाणिज्य तथा आपूर्ति सचिव) देशबाहिर रहेकाले उनी फर्किए लगत्तै बोर्ड बैठक बसेर केही न केही मूल्य समायोजन गर्ने निगम श्रोतले जनाएको छ।

नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको हो ।

विशेष