News

माओवादीको संसदीय दलमा को छ प्रचण्डलाई टक्कर दिने नेता ?

माओवादीको संसदीय दलमा को छ प्रचण्डलाई टक्कर दिने नेता ?

नेकपा माओवादी केन्द्रले आईतवार संसदिय दलको नेता चयन गर्ने भएको । समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र पाएपछि संसदीय दलको नेता चयन प्रक्रिया सुरु गर्ने जनाईएको छ।

प्रत्यक्ष र समानुपातिक सांसदको निर्वाचित भए पनि समानुपातिक सांसदलाई निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेको छैन । निर्वाचन आयोगले आगामी आइतबार प्रमाणपत्र वितरणको तयारी गरेको छ ।

सबै सांसदले प्रमाणपत्र पाएपछि संसदीय दलको नेता चयन गरिने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र संसदीय दलको नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने लगभग निश्चित छ ।

हालसम्म संसदीय दलका उनलाई चुनौती दिने नेता माओवादी केन्द्रमा देखिएका छैनन् । 
 

विशेष