News

रुपन्देहीको सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास

रुपन्देहीको सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास

रुपन्देहीको सालझण्डीमा शुक्रबारदेखि नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’सुरु भएको छ।

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी यो सैन्य अभ्यास सुरु भएको हो। यो अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी  छन्। 

सूर्य किरण सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरका पृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमबीच शुभारम्भ गरे। संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुनेछ। यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। 

०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा १५ पटक सञ्चालन भइसकेको छ। संयुक्त सैन्य अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाइँदैछ। 

यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ।  यस अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने र दुवै देशका सेनाबीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ। 
 

विशेष