News

किन विवादमा परिरहन्छन धरानका मेयर साम्पाङ, ‘चमारे’ शब्द निल्नु न ओकल्नु

किन विवादमा परिरहन्छन धरानका मेयर साम्पाङ, ‘चमारे’ शब्द निल्नु न ओकल्नु

स्वतन्त्र रुपमा धरानको प्रमुख पदमा विजयी बनेका हर्क साम्पाङ यदाकदा आफनै बोली र ब्यवहारका कारण विवादमा पर्ने गरेका छन्। कहिले काठमाण्डौंका मेयर बालेन्द्र साहको आलोचना गरेर विवादमा पर्छन भने कहिले पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निशासना वनाएर विवादमा पर्छन्।

उनले ओलीलाई त ‘हाउडे र गोज्याङ्ग्रा’को आरोप समेत लगाएका छन् । तर, पछिल्लो समय भने उनी आफनै नगर कार्यपालिकाको वैठकमा गरेको ब्यवहार र कार्यपालिका सदस्यलाई गरेको अभद्र शब्दका कारण कारण विवादमा परेका छन् ।

मेयर साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उर्दी समेत जारी गरेका छन् । कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले पत्रकार सम्मेलन गरेरै आफुले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् । एक महिनादेखि धरानमा कार्यपालिका बैठक बसेको छैन ।

बैठकमा बहु साँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए । कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बसेको छैन ।

मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् ।

यस्तै ३ जना कार्यपालिका सदस्यले मेयर साम्पाङको पछिल्लो अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्दै दुर्र्यवहार भएको भन्दै कानून अनुसारको कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले ‘मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्ब्यवहार भएको’ उल्लेख गरेका छन् ।

धरान उपमहानगरपालिका कार्यपालिका सदस्यत्रय सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले विज्ञप्ति निकालेर साम्पाङको अभिव्यक्तिको विरोध गरेका हुन् ।

हर्क साम्पाङ

विशेष