News

ओली भन्छन्– अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ

ओली भन्छन्– अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सही दिशामा डो¥याउन नसक्दा चुनावले गलत नतिजा दिएको बताएका छन् ।

चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको भन्दै उनले यसले देशमा अस्थिरता उत्पन्न गरेको बताए। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको बताए ।

‘जनतालाई सचेत गराउन नसक्नु, सही दिशामा लैजान नसक्नु प्रमुख दलको नेताको हैसियतले मेरो पनि कमजोरी स्वीकार गर्छु । अब कस्तो सरकार बन्छ भन्ने म ५८ वर्ष राजनीति गरेको मान्छेले भन्न नसक्ने अवस्था छ’ ओलीले भने– ‘अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ । पोलिटिकल भाउ चर्को छ, यसले स्थिरता दिँदैन ।

सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठूलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रष्ट नभएको ओलीले बताए । 
 

विशेष