News

विश्वप्रकाशले भने– अवको प्रधानमन्त्री दुई वर्षका लागि

विश्वप्रकाशले भने– अवको प्रधानमन्त्री दुई वर्षका लागि

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अवको प्रधानमन्त्री दुई वर्षका लागि मात्रै हुने तर्क गरेका छन् । 

कांग्रेस झापा १–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन। अहिलेको चुनाव कुनै एक दलले नभई गठबन्धनले जितेकाले अबको प्रधानमन्त्री दुई वर्षका लागि हुने उनको तर्क छ।
 
अहिलेको निर्वाचनमा कांग्रेस एक्लैले नभएर गठबन्धन मिलेर विजयी भएको भएको बताएका छन् । उनले अब बन्ने प्रधानमन्त्री दुई वर्षका लागि बन्ने धारणा राखे । 

सरकार बनाउने नाममा गठबन्धनलाई भत्किन दिन नहुने भन्दै उनले संविधानको रक्षा र पालना गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने पनि बताएका छन् । शर्माले अहिलेको राष्ट्रपतिले पटकपटक संविधान कुल्चने र उल्लंघन गर्ने काम गरेको आरोप लगाउँदै अबको राष्ट्रपति चयनमा दलहरु गम्भीर हुनुपर्ने र संविधानको रक्षा र पालना गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताए । 

उनले राष्ट्रपति भवनमा व्यक्ति नभएर प्रवृत्ति लिएर जाने उल्लेख गरे । पहिलो राष्ट्रपति मधेसी समुदाय र दोस्रो राष्ट्रपति महिला बनेको भन्दै अब फरक समुदायको राष्ट्रपति हुनुपर्ने उनको भनाइ छ ।

महामन्त्री शर्माले अहिले मुलुकका देखिएका सबै समस्याहरुलाई गठबन्धन दलहरु मिलेर नै समाधान गर्नुपर्ने बताए । 
 

विशेष