News

प्रचण्डलाई किन अन्यौलमै राख्न चाहान्छन देउवा ?

प्रचण्डलाई किन अन्यौलमै राख्न चाहान्छन देउवा ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार निर्माणमा पहिलो नेतृत्व कस्ले गर्ने भन्ने सवालको जवाफ पुष्पकमल दाहाललाई अझै अन्यौलमै राखेका छन। प्रधानमन्त्री समेत रहेका देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच शनिवार भएको भेटमा समेत यसको स्पष्ट जवाफ आएको छैन।

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले शक्ति बाँडफाटका विषयमा छलफल गर्न चाहेको तर देउवाले कांग्रेस संसदीय दलको नेता चयन हुने बेलासम्म पर्खिन आग्रह गरेको स्रोतले बताएको छ ।

माओवादी अध्यक्ष दाहाल अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बनाउन र पहिलो पालोमा आफू प्रधानमन्त्री हुन चाहेका छन् । त्यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता प्रमुख पदको भागवण्डाबारे छलफल गर्न चाहन्छन् । तर, देउवा भने पहिला पार्टीभित्रको समस्या हल गरेर मात्रै त्यसबारेमा अगाडि वढ्न चाहान्छन।

सम्भवतः कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी साता निर्वाचन हुनेछ । देउवा भने त्यसअघि शक्ति बाँडफाँटबारे छलफल गर्न नचाहेका उनी निकट स्रोतले बताएको छ । कांग्रेसमा संसदीय दलको नेता जो चयन हुन्छ, पार्टीले सरकारको नेतृत्व गरेको अवस्थामा उही नै प्रधानमन्त्री बन्ने प्रचलन छ । 
 

विशेष