News

दलको नेता बन्न देउवाको कसरतः सांसदलाई बोलाउँदै मन्त्री बाँड्दै

दलको नेता बन्न देउवाको कसरतः सांसदलाई बोलाउँदै मन्त्री बाँड्दै

आफैले टिकक दिएर निर्वाचित भएका सांसदले संसदिय दलको नेतामा नसघाउने अवस्था देखेपछि कांग्रेस सभापति शेरवहादुर देउवा अहिले पार्टीकै सांसदको खातिरदारीमा लागेका छन् । सोही खातिरदारी अनुसार आज पार्टीका निर्वाचित सांसदको भेला पनि वोलाईएको छ।

महाधिवेशनमा शेखर–गगन समूहमा खुलेका तर टिकटको बेला आफ्नै मेहनत र बल प्रयोग गरेका ती नेतालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई सघाएमा मन्त्री बनाइदिने आश्वासन दिन थालेको श्रोतको दावी छ।

आफैंले टिकट दिएर चुनाव जितेका सांसदहरूबाट समेत ढुक्क नभएका देउवाले संसदीय दलको नेतामा सघाउन अर्को गुटबाट जितेका तथा समानुपातिकमा परेका सांसदहरूलाई समेत बोलाएर भेटिरहेका छन् ।

गठबन्धन सरकार बन्दा कांग्रेसले बढीमा ८ वा १० मन्त्रालय पाउन सक्छ । शशांक कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, रमेश लेखक, सीता गुरुङ, रमेश रिजालजस्ता नेताहरू यसपटक मन्त्री बन्ने लाइनमा छन् । तर, देउवाबाट अहिलेसम्म मन्त्रीको आश्वासन पाउने सांसदको संख्या ४० को हाराहारीमा पुगेको बालुवाटार पुगेर फर्किएका एक सांसदले बताए ।

कतिपय देउवानिकट भनिएकै सांसदहरूको पनि भर नभएपछि दलको नेताको निर्वाचनमा ढुक्क हुन देउवाले मन्त्री र समितिको सभापतिलगायतका आश्वासन दिएको आरोप गगन पक्षको छ । कतिपयलाई आलोपालोको आश्वासनसमेत दिइएको दाबी छ । यसपटक कतिपय सांसदहरूले परिवर्तनको पक्षमा उभ्याउन सक्ने देखिएपछि अहिले मेहनत गर्नुपरेको देउवानिकट नेताहरूको भनाइ छ ।

पार्टी प्रवक्तासमेत रहेका नेता डा. प्रकाशरण महतले भने दलको नेतामा स्वाभाविकरूपमा देउवा निर्वाचित हुने निश्चित भइसकेको र सकेसम्म सर्वसम्मत नै हुने बताएका छन् । कसैलाई पनि आश्वासन दिनुपर्ने अवस्था नरहेको उनको भनाइ रहेकामे छ ।

विशेष